सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट सुदूरपश्चिम सरकारका पूर्वमन्त्री बोहराकी आमाको निधन

२०७८ वैशाख १५, ०७:२१ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ।

उनकी आमा धौली देवी बोहराको मंगलबार राति निधन भएको बोहराका स्वकीय सचिव आदर्श साउदले बताए। 

नेकपा एमालेका केन्द्रिय सदस्य, अछाम जिल्ला इन्चार्ज बोहराकी ७८ वर्षीय आमा सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। निमोनियाबाट ग्रसीत उनको मंगलबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो।

उनीमा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ। 

कमेन्ट लोड गर्नुस