सुदूर नेपाललाई विश्वसँग जोड्दै

गलत गर्ने कसैलाई पनि छोड्दैन : प्रहरी महानिरीक्षक खनाल

। फोटो स्रोत ।
२०७५ असोज २४, ०४:५८

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन। बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक गर्न पनि मातहतका निकायलाई निर्देशन दिए। गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भीर चोट’ लागेको उल्लेख गर्दै उनले त्यस्ता प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी दिए।  
 

कमेन्ट लोड गर्नुस