सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ वैशाख १४, ०७:५७ खबर संवाददाता

जन्मदिनको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेर बहादुर कमर ले आफ्नो जन्मदिन को अवसरमा आश्रमलाई सहयोग गरेका हुन्। 

उनले आश्रममा रहेका असहायहरुको भोजन सेवाका लागि १५ हजार सहयोग गरेको आश्रमले जनाएको छ। 

जेसीस एभरेस्ट इङ्लिस स्कुलका निर्देशक करुणाकर पाण्डेयले भोजन सेवाका लागि नै ६ हजार ५ सय रुपैयाँ सहयोग गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए। 

कमेन्ट लोड गर्नुस