सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंगलबार गौरीफन्टा नाकाबाट ६० कोरोना संक्रमित भित्रिए

२०७८ वैशाख १४, ०६:२३ खबर संवाददाता

धनगढी: मंगलबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर आइतबार ७ सय ७५ जना भित्रिएका छन्।

तीमध्ये ५ सय २८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६० जनामा संक्रमण पुस्टि भएको उनले बताए।

उक्त नाकाबाट भित्रिएकामध्ये १३ हजार ६७ जनाको कोरोना परीक्षण गरिएको छ।

जसमध्ये १ हजार ३ सय ६८ जनामा संक्रमण पुस्टि भएको छ।

नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।

कमेन्ट लोड गर्नुस