सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वराजा र पूर्वरानी अक्सिजन सपोर्टमा

२०७८ वैशाख १४, ०५:४८ खबर संवाददाता

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिएको छ। 

सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो।

पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा उल्लेख गरेको छ। तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ।

उनीहरु तीनै जनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट लोड गर्नुस