सुदूर नेपाललाई विश्वसँग जोड्दै

किमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछि :ट्रम्प

२०७५ असोज २४, ०४:२४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता अमेरिकाको मध्यावधि चुनावपछि हुने बताएका छन। अमेरिकामा मध्यावधि चुनाव आगामी महिना हुँदैछ। राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि हालैका दिनमा प्रचारप्रसारमा देश दौडाहामा छन। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा जुन महिनामा पहिलो शिखर बैठक भएको थियो। त्यसबेला किम र ट्रम्पबीच कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरण गर्ने विषयमा सहमति भएको थियो।
 

कमेन्ट लोड गर्नुस