सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मास्क प्रयोग नगरे जरिवाना

फाईल तस्बिर
फाईल तस्बिर । फोटो स्रोत ।
२०७८ वैशाख १४, ०६:४९

कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ।

पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिएको छ।

कारबाहीस्वरुप उनीहरुबाट एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है?”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ।

शुरुमा प्रहरीले ८०/९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ।

कमेन्ट लोड गर्नुस