सुदूर नेपाललाई विश्वसँग जोड्दै

काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारबाही हुने

२०७५ असोज २४, ०४:०९

संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिनु भएको हो। बुधबार सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उहाँले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराए।  
   
 

कमेन्ट लोड गर्नुस