सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभरका स्कुल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

२०७८ वैशाख १३, ०९:२३ खबर संवाददाता

काठमाडौं:  सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निणर्य गरेको हो। 

कोरोना भाइरस संक्रमणको दर विद्यालय उमेर समुहका बालबालिकाहरुमा समेत उच्च रहेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले देश भरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। 

बैठकले पहाडी तथा हिमाली जिल्लामा २ सय सक्रिय संक्रमित र तराई मधेस तथा उपत्यकाकाका हकमा ५ सय बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ।
 

कमेन्ट लोड गर्नुस