सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकामा मौरी पालन तालिम

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १३, ०८:०१ खबर संवाददाता

धनगढी:  कैलारी गाउपालिकामा क्षमता विकास तथा रोजगारी कार्यक्रम अन्तर्गत तीन दिने मौरी पालन तालिम सुरु भएको छ।

सो तालिमले स्थानीयलाई रोजगारीका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त हुने गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताएका छन।

मौरी पालनले अबैध र अस्वस्थकर मिसावट मह खाने परिस्थितिको अन्तय हुने उनको भनाइ छ।

तालिममा २० जना सहभागी भएका छन्। गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र स्मार्ट सोसाइटी नेपालको आयोजनामा तालिम सुरु भएको हो ।

कमेन्ट लोड गर्नुस