सुदूर नेपाललाई विश्वसँग जोड्दै

वामदेवको सांसद बन्ने कसरत

। फोटो स्रोत ।
२०७५ असोज २४, ०३:४४

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतमलाई संसदमा ल्याउने प्रयास गरेको खुल्न आएपछि पार्टीभित्र विभिन्न प्रतिक्रियाहरु आउन थालेका छन। पार्टी केन्द्रीय सचिवालयका चौथो बरियताका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामदेवलाई सांसद बनाएपछि पराजित अन्य नेताहरुलाई पनि सांसद बनाउनु पर्ने टिप्पणी गरेका छन। उनलाई उद्धृत गर्दै पार्टीको उच्च स्रोतले भन्यो, ‘वामदेवको मात्रै होइन आवश्यकता पार्टीका अन्य नेताहरुको पनि छ। त्यसमा पनि नेतृत्वले विचार गर्नु पर्छ। केन्द्रीय सचिवालयका अर्का सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसै सन्दर्भलाई लक्षित गर्दै आन्तरिक राजनीति कमजोर बन्दा विदेशी शक्ति हावी हुने टिप्पणी गरेका छन।
 

कमेन्ट लोड गर्नुस