सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार गौरीफन्टा नाकाबाट १०४ कोरोना संक्रमित भित्रिए

२०७८ वैशाख १३, ०६:०८ खबर संवाददाता

धनगढीः सोमबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर आइतबार ७ सय जना भित्रिएका छन्। तीमध्ये ६ सय ८० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुस्टि भएको उनले बताए।

उक्त नाकाबाट भित्रिएकामध्ये १२ हजार ५ सय ३९ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये १ हजार ३ सय ८ जनामा संक्रमण पुस्टि भएको छ। नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।
 

कमेन्ट लोड गर्नुस