सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजन नपाएर कञ्चनपुरमा एक कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख १३, ०५:०९ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा अक्सिजन नपाएर एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–४ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो।

अचानक श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुष शनिबार माहाकाली अस्पतालमा भर्ना भएका थिए।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अक्सिजनको मात्रा कम भएपछि मृत्यु भएको बताइएको छ।

“अक्सिजनको मात्रा कम भएपछि उनलाई काठमाडौँ पठाउने तयारि गरेका थियौँ। कठमाडौँबाट हेलिकोप्टर मगाउने क्रममै उनको मृत्यु भइहाल्यो।” माहाकाली अस्पतालका व्यवस्थापक दिपेन्द्र सिंह रावलले दिनेश खबरसंग भने।

कमेन्ट लोड गर्नुस