सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मात्रै कोरोनाका ३ सय बढी सक्रिय संक्रमित

२०७८ वैशाख १३, ०३:१० खबर संवाददाता

धनगढी: कैलालीमा मात्रै आइतबारसम्ममा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सयभन्दा बढी पुगेको छ।  

कैलालीमा सक्रिय संक्रमितको संख्या ३ सय १९ पुगेको हो । स्वास्थ्य निर्देशनालयलका अनुसार सुदूरपश्चिम प्रदेशमै कोरोनाका ६ सय १२ सक्रिय संक्रमित रहेका छन्।

कैलालीपछि धेरै सक्रिय संक्रमित कञ्चनपुरमा १ सय ७६ जना, बैतडीमा ५६, डोटीमा २७, डडेल्धुरामा २३, अछाममा ४, बाजुरामा २, बझाङमा १ र अन्य दुई जना सक्रिय संक्रमित रहेका निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस