सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको तेस्रो लहरको सङ्केत

२०७८ वैशाख १३, ०७:०० खबर संवाददाता

कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ।

सबैभन्दा धेरै भारतमा हरेक दिन सङ्क्रमण दर उच्च भइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५४ हजार ५ सय ३१ जना सङ्क्रमित थपिएका छन् भने २ हजार ८ सय ६ जनाको ज्यान गएको छ।

भारतको महाराष्ट्र, नयाँ दिल्लीलगायत ठाउँहरुमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। ती राज्यहरुमा सङ्क्रमित राख्ने शैया र अक्सिजन अभाव भएको छ। यस्तै कोरोनाले धेरै प्रभावित देश फ्रान्समा कोरोनाको तेस्रो लहरको शंका गरिएको छ।

कोरोना सङ्क्रमित एक्कासी धेरै बढेसँगै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सङ्क्रमणको तेस्रो लहर सुरु भएको हुन सक्ने शंका गरेका छन्। फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै साढे २४ हजार सङ्क्रमित थपिएका छन् भने १४५ जनाको ज्यान गएको छ।

यस्तै कोरोनाले अति प्रभावित अमेरिका र ब्राजिलमा पनि नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ।

कमेन्ट लोड गर्नुस