सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिप्परले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख १३, ०६:०४

चितवन : टिप्परले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आइतबार चितवनको भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा ना ७ ख ८११९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–१९ की ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस