सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एकै विद्यालयका ४ विद्यार्थीलाई कोरोना संक्रमण

२०७८ वैशाख १२, ०९:४२ खबर संवाददाता

धनगढी: कैलालीमा एकै विद्यालयका ४ विद्यार्थीमा कोरोना संक्रमण पुस्टि भएको छ। जिल्लाको कैलारी गाउँपालिकाको पवेरास्थित जनकल्याण माध्यमिक विद्यालयका ४ जना विद्यार्थीमा कोरोना संक्रमण पुस्टि भएको हो।

८ जना विद्यार्थीमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण देखिएको हो। एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कक्षा १० मा पढ्ने २ जना, ९ मा पढ्ने १ जना र कक्षा नखुलेका एक जना विद्यार्थीमा संक्रमण देखिएको बताइएको छ।

 गाउँपलिकामा आइतबारदेखि यही वैशाख १८ गतेसम्म स्कुल बन्द गर्ने निर्णय गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस