सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीरबाट लडेर एक युवतीको मृत्यु

। फोटो स्रोत ।
२०७५ असोज २४, ०२:०६

पनौती नगरपालिका–१० मा एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मंगलबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएकी तामाङ बेलुका घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार बिहान घरदेखि डेढ किलोमिटर टाढाको ठूलो भिर भन्ने ठाउँमा लडेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।   
 

कमेन्ट लोड गर्नुस