सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खटीयाबाट लडेर एक जना घाइते, उपचारका लागि स्वास्थ्यचौकी जाँदा कोरोना पुष्टि

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख १२, ०६:५८

धनगढी: कैलालीमा खटीयाबाट लडेर एक जना घाइते भएका छन्। जिल्लाको भजनी नगरपालिका ३ का ८० वर्षीय बृद्ध घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आइतबार अपरान्ह ४ बजेको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा खटीयाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टा र टाउकोमा चोट लागेको छ।

उपचारका लागि भजनीकै स्वास्थ्यचौकी लगिएकोमा चेकजाँच गर्दा कोरोना पुष्टि भएको बताइएको छ। उनलाई अहिले सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस