सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतबार गौरीफन्टा नाकाबाट ५० कोरोना संक्रमित भित्रिए

२०७८ वैशाख १२, ०६:१३ खबर संवाददाता

धनगढी: आइतबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर आइतबार ७ सय ७५ जना भित्रिएका छन्। तीमध्ये ५ सय ५५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ७५ जनामा संक्रमण पुस्टि भएको उनले बताए।

उक्त नाकाबाट भित्रिएकामध्ये ११ हजार ८ सय ५९ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये १ हजार २ सय ४ जनामा संक्रमण पुस्टि भएको छ। नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।

कमेन्ट लोड गर्नुस