सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिप्परले जन्ती बसलाई ठक्कर दिंदा २ जनाको मृत्यु, ६ घाइते

। फोटो स्रोत ।
२०७८ वैशाख १२, ०६:०३

बुटवलः टिप्परले जन्ती बसलाई ठक्कर दिंदा २ बालिकाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन्।

भैरहवाबाट बुटवल जाँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस