सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख १२, ०५:५० रासस

झापा: मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। 

झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ।

झापाको अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो।

दुर्घटनाबाट गम्भीर घाइते उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। 

 

कमेन्ट लोड गर्नुस