सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूूरपश्चिममा गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी

संक्रमितले अस्पताल भरिएपछि...

२०७८ वैशाख १२, ०१:५७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका कोरोना अस्पतालहरु कोरोना संक्रमित विरामीले भरिएपछि स्थानको चरम अभाव सिर्जना भएको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले स्थानको खोजीमा रहेको बुझिएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्थान, जनशक्ति तथा उपकरण व्यवस्थापनमा जुटेको हो।

यसैबीच मन्त्रालयले निर्माधिन गेटा मेडिकल कलेजको भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्न पहल थालेको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै आइसोलेसनको लागि मेडिकल कलेजको भवन माग गरिएको दिनेशखबरलाई बताए। तर गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले उपलब्ध गराउन सहमति नदिएको बताए। जसको लागि संघीय सरकारसँग समन्वय जारी रहेको प्रवक्ता कार्कीको भनाइ छ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउँदले अझैसम्म भवनहरु निर्माधिन अवस्थामा रहेको र निर्माण कम्पनीहरुले हस्तान्तरण समेत नगरेकोले प्रयोगमा समस्या भएको बताए।

उनले भने, “ठेकेदारले भवन नबुझाएको अवस्थामा पछि केही भएको अवस्थामा क्षतिपूर्ति माग्छन्। सरकारले क्षतिपूर्ति तिर्नुपर्छ। भवन दिने वा दिने हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन। तर आपतकालीन अवस्थामा कसरी समन्वय हुन्छ भन्ने कुरामा भर पर्ने विषय हो।”

सम्बन्धित समाचार
सुदूरपश्चिमका सेतीसहित कोरोना अस्पताल संक्रमितले भरिए, व्यवस्थापनमा चुनौती, स्थानको खोजी हुँदै

 

कमेन्ट लोड गर्नुस