सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित

२०७८ वैशाख १२, १२:२८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित गरिएका छन्। 

विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका र यही वैशाख १६ गतेबाट सञ्चालन गरिने भनिएका स्नातक तहका परीक्षाहरु स्थगित गरिएको बताएको हो। 

विश्वविद्यालयका केही विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ। 

कोरोना सङ्क्रमणको जोखिमकाबीच पनि विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै शनिबार विद्यार्थी सङ्गठनहरुले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी समेत गरेका थिए।

कमेन्ट लोड गर्नुस