सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना उपचारार्थ १ सय बेड सहयोग गर्न सुदूरपश्चिमका निजी अस्पतालहरु तयार

२०७८ वैशाख १२, ११:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशस्थित निजी अस्पतालहरुले कोरोनाका विरामीहरुको उपचारको लागि १ सय वटा बेड सहयोग गर्न तयार रहेको बताएका छन्।

निजी अस्पताल संघ सुदूरपपश्चिम प्रदेश समितिको आइतबार बसेको बैठकले १ सय बेड सहयोग गर्न तयार रहेको बताएको हो।

समितिका प्रदेश अध्यक्ष जनकराज जोशीले आफुहरुको नैतिक दायित्व रहेको बताउँदै सरकारले आफुहरुको सहयोगको आवश्यकता महसुस गरेको अवस्थामा र स्थान उपलब्ध गराएको अवस्थामा सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिए।

बेडसँगै अक्सिजन सिडिण्डर, म्याट्रेस, बेड साइड लकर पनि उपलबध गराउने अध्यक्ष जोशीले बताए।

कमेन्ट लोड गर्नुस