सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा शुक्रबार मृत्यु भएकी महिलामा कोरोना पुस्टि

२०७८ वैशाख ११, ०९:१२ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा शुक्रबार राति ९ बजे मृत्यु भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका ४ की ५० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन्।

उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई बिहिबार सेती प्रादेशिक अस्पतालको इमेर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।

कमेन्ट लोड गर्नुस