सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानाथारु कलाकार समाज गठन

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ११, ०८:०३ खबर संवाददाता

धनगढी: राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका अध्यक्ष नारायन रानाको अध्यक्षतामा सनिबार रानाथारु कलाकार समाज समिति गठन गरिएको छ।

राना कला संस्कृति संरक्षण तथा विकास मञ्च को आयोजनामा धनगढीमा भएको कार्यक्रममा समिति गठन भएको हो। 

रानाथारु कलाकार समाज को अध्यक्ष श्याम कुमार राना भएका छन् भने उपाध्यक्षमा श्रीशा राना, सचिब राम प्रसाद राना कोषाध्यक्ष, संजय दत्त राना सदस्य विवेक राना, पार्वती राना सम्झना राना, सरस्वती राना, दशरथ राना, कुठारी राना र राजेन्द्र राना सहितको नयाँ कर्यासमिति चयन भएको छ।

यस कार्यक्रममा कैलाली कंचनपुरका ६० जना कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
 

कमेन्ट लोड गर्नुस