सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर बालिकाको मृत्यु

२०७८ वैशाख ११, ०७:५६ रासस

दमक: करेन्ट लागेर झापाको दमकमा आज एक बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडान गरिएको मोटरबाट अचानक विद्युतीय करेन्ट लागेर गम्भीर घाइते हुनुभएकी बालिकाको आज एड्भान्स अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस