सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको पूर्व–पश्चिम राजमार्गमा स्वर्गीय भुषाललाई श्रद्धाञ्जली

२०७८ वैशाख ११, ०६:१५ खबर संवाददाता

धनगढी: गत बैशाख ११ गते मृत अवस्थामा फेला परेका बोर्डिङ स्कुलका प्रिन्सीपल कृष्ण भुषालका लागि श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका प्रिन्सिपल भुषाललाई न्याय माग्दै उनको सम्झनामा पूर्व–पश्चिम राजमार्ग अन्तरगत मसुरियामा दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो।

प्रिन्सीपल भुषालको हत्या भएको १ वर्ष बितिसक्दा सम्मपनि हत्यारा पक्राउ नपरेको भन्दै त्यहाँका स्थानीयले रोष पोखेका छन्। 

गत वर्ष गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुषाल पहलवानपुरबाट एक किलोमिटर पश्चिममा मृत फेला परेका थिए।

सम्बन्धित समाचार :
कैलालीमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला, हत्याको आशंका

कमेन्ट लोड गर्नुस