सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशसभाको दोस्रो अधिवेशन सकियो,सत्तापक्ष र प्रतिपक्षीबिचको जुहारी कायमै (भिडियो सहित)

२०७५ असोज २३, १०:१७

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो अधिवेशन मंगलबार अन्त्य भएको छ।  गत जेठ २ गते आरम्भ भएको अधिवेशन मंगलबार एकैदिन प्रदेश सभाको ५२ औँ र ५३ औँ बैठक बसेपछि अन्त्य भएको हो।

मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले दोस्रो अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सभामुख अर्जुन बहादूर थापाले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। सेवासुविधा बढाउन दुई पटक सम्म विद्येयक संशोधन गरेका सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले प्रदेशसभाको दोस्रो अधिवेशन सफल भएको टिप्पणी गरेका छन्। सत्ता पक्षका प्रदेशसभा सदस्यले दोस्रो अधिवेशनबाट प्रदेशको नाम र राजधानीको तोक्न सफल

भएको कुरालाई मुख्य उपलब्धी ठानेका छन्। नेकपाका प्रमुख सचेतक समेत रहेका प्रदेशसभा सदस्य तारालामा तामाङले आफूहरुले कर्णाली र गण्डकी प्रदेशपछि राजधानी र नाम तोक्न सफल भएको बताए। दोस्रो अधिवेशनमा समाजिक घटनाले समेत प्रदेशसभामा स्थान पाएको र सरकारले सोही अनुसार काम अगाडी बढाएको समेत दावी गरे। तर प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले भने अधिवेशन सुखद हुन नसकेको प्रतिक्रिया दिएका छन्।

प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीमा राख्ने सरकारको निर्णयलाई लिएर लगातार ६ दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको नेपाली काँग्रेस र राजपाले दुई तिहाइको दम्भमा संसदीय विधि र प्रक्रिया मिच्ने काम भएकाले दोस्रो अधिवेशन सुखद हुन नसकेको बताएको छ। नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले प्रतिपक्षीलाई पनि मिलाएर लैजाने वाचा सरकारले तोडेको बताए। प्रतिपक्षीको सदनमा उपस्थिती नभएका

बेला प्रदेशको नाम र राजधानी सम्बन्धीको प्रस्तावलाई पारित गरेर गैरलोकतान्त्रिक काम गरेको आरोप लगाए। राजपाका प्रदेशसभा सदस्य कृष्ण बहादुर चौधरीले दोस्रो अधिवेशन विवादै विवादमा बितेको जनाउदै त्यो दुःखद भएको जिकिर गरे। तीन महिनाको अवधिमा ४७ दिनसम्म ५३ वटा बैठक सञ्चालन भएकोमा विभिन्न १५  वटा विद्येयक दर्ता भएको बताईएको छ । जसमध्ये प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक समाजिक

विकास समितिमा छलफलका लागि पठाइएको छ भने बाँकी १४ वटा विद्येयक सभाबाट पारित भइसकेका छन् । यो सँगै प्रथम अधिवेशनका तीन वटा समेत  गरेर १७ विद्ययेक सभाबाट पारित भएको सभामुख अर्जुन बहादुर थापाले प्रदेशसभा बैठकमा जानकारी दिए। 

दोस्रो अधिवेशनको कार्य प्रगतीको पूर्ण पाठ हेर्नुस्  
सुभारम्भ मिति २०७५।०२।०२ गते बुधबारका दिनबाट
अधिवेशन प्रारम्भ भई हालसम्म कार्य गर्दा देहाय बमोजिमका मुख्य कार्यहरू सम्पन्न भएका 
(१) स्थानिय तहको कानून निर्माण पक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।  
(२)  स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउँने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(३)  गाउँ सभा र नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(४) जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(५)  अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(६)  आ.ब. ०७५÷०७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चीत कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(७)  प्रदेश आकस्मीक कोष व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(८)  प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(९)  मुख्यन्याधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त समबन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(१०)  सनिय तहलाई वित्तिय हस्तान्तरण व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(११)  मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(१२)  प्रदेशको कर तथा गैर कर राजस्व लगाउन र उठान व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(१३)  प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(१४)  प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित भयो ।
(१५)  सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन (पहिलो संशोधन), २०७५ को दफा १० लाई संशोधन गर्ने सम्बन्धी विधेयक पारित भयो ।
(१६) प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पारित भायो । 
(१७) विषयगत समितिका सभापतिको निर्वाचन कार्यक्रम सम्पन्न भयो । 
(८) यस सभाको दोस्रो अधिवेशनमा ५३ वटा बैठक सम्पन्न भए । बैठक सञ्चालन भएका जम्मा दिन ४७ र जम्मा समय ६१+....... घण्टा २२+...... मिनेट रहेको छ । 
    

  

      
 

कमेन्ट लोड गर्नुस