सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन कञ्चनपुरका २ जना कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख ११, ०५:२९ खबर संवाददाता

धनगढी: कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  

महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र वडा नम्बर ४ की ५० वर्षीया महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। 

एक हप्ता अगाडी भारतको इन्दौरबाट फर्किएका पुरुषलाई गत बिहीवार अस्पताल भर्ना गरिएकोमा शुक्रबार उनको कोरोना रिपोर्ट आएको थियो।

त्यसपछि आईसियूमा राखेर उपचार गर्दा शुक्रबार दिउँसो १ बजेतिर उनको  मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए। फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेको कारणले ती पुरुषको मृत्यु भएको उनले बताए। 

यस्तै संक्रमित महिलालाई बिहीबार उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा शुक्रबार उनीमा कोरोना पुस्टि भएको थियो। 

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेकाृ संख्या ६१ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुुर डोटीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस