सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा मिनिबस दुर्घटना हुँदा १५ जना घाइते

२०७८ वैशाख ११, ०३:३६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा मिनिबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। जिल्लाको बेलौरीदेखि महेन्द्रनगर जाँदै गरेको से १ ख ६५४ नम्बरको मिनिबस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा शनिबार दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बस अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको हो। घाइतेहरुको कैलाली र कञ्चनपुरस्थिथ विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। प्रहरी निरीक्षक बमका अनुसार १५ जना घाइतेमध्ये ११ जनाको झलारीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

३ जनालाई धनगढी ल्याइएको छ। धनगढी ल्याइएको एक घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। त्यस्तै एक जनाको उपचार महाकाली अस्पतालमा भइरहेको कञ्चनपुर प्रहरीले जनाएको हो। बस चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस