सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेदकोट नगरपालिकाले ल्यायो दमकल

२०७८ वैशाख ११, ०२:३८ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेदकोट नगरपालिकाले दमकल ल्याएको छ।

सुक्खा मौसम र गर्मीका कारण आगलागीका घटना घट्ने गरेका हुँदा दमकल ल्याइएको नगरपालिकाले जनाएको छ।

दमकलका लागि ६० लाखको टेण्डर आह्वान गरिएकोमा ५४ लाख ४५ हजारमा दमकल खरिद गरिएको सो नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताए।

अब विपद जोखिम तथा दैवीप्रकोप नियन्त्रणमा सहज हुने उनले बताए। त्यस्तै शव वाहन र एम्बुलेन्सका लागि पनि टेण्डर आह्वान गरिएको नगर प्रमुख चन्दले बताए। 
 

कमेन्ट लोड गर्नुस