सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा शुक्रबार थप ९४ जनामा कोरोना संक्रमण पुस्टि

२०७८ वैशाख १०, ०६:१२ खबर संवाददाता

धनगढीः शुक्रबार सुदूरपश्चिमका थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगशालामा २२७ नमूना परीक्षण गर्दा थप ९४ जनामा संक्रमण पुस्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६३ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। 

त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र अछामको कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताए।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ६९ पुगेको छ। जसमध्ये १४ हजार १ सय १ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस