सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस सगरमाथा क्षेत्र पुगेपछि...

। फोटो स्रोत ।
२०७८ वैशाख १०, ०६:०९ खबर संवाददाता

धनगढीः सगरमाथा आरोहण गर्न आधार शिविर पुगेका एक नर्वेली आरोहीलाई कोरोना भाइरस संक्रमण भएपछि सगरमाथा आरोहीहरू चिन्तिन बनेका छन्।

कोभिड १९ को विश्वव्याधिका कारण गत वर्ष सगरमाथा र अन्य हिमाल आरोहणसँगै नेपाली पर्यटन ठप्प हुन पुगेको थियो। नेपाल भ्रमण वर्ष सन् २०२० समेत स्थगित गरिएको थियो।

यो वसन्त ऋतुमा सरकारले विदेशी पर्यटकका लागि क्वारान्टिन नियम खुकुलो बनाएपनि अक्सिजन पातलो हुने उच्च हिमाली क्षेत्रमा कोभिड फैलियो भने आरोहीलाई सास फेर्न झनै कठिन हुने जानकारहरू बताउँछन्।

“मेरो (स्वाब) परीक्षणपछि मलाई कोभिड १९ देखियो,” नर्वेका आरोही एर्लेन्ड नेसले एएफपी समाचार संस्थासँग भने “अहिले मलाई ठीक छ। अस्पतालले मेरो स्याहार गरिरहेको छ।”

सास फेर्न गाह्रो भएपछि नेसलाई सगरमाथा आधार शिविरबाट हेलिकोप्टरमा काठमाडौँ ल्याइएको थियो।

नर्वेली प्रसारण संस्था एनआरकेका अनुसार नेससँगै रहेका शेर्पा आरोहीलाई पनि कोभिड भएको थियो।

नेसले सगरमाथामा अरू कोही आरोहीलाई कोभिड नहोस् भन्ने कामना गरेका छन् किनभने आठ हजार मिटरको उचाइबाट आरोहीलाई उद्धार गर्न असम्भव हुने गरेको छ।

सगरमाथा आरोहण गर्न यो वर्ष करिब ३०० टोलीले अनुमति पाइसकेका छन्। नजिकैका नुप्त्से र लोत्से जस्ता चुचुरा चढ्न सगरमाथा क्षेत्रमा अरु टोली गएका छन्। त्यहाँ शेर्पा र सहयोगी गरी सयौँ मानिस रहेका छन्।

पर्यटन विभागकी प्रवक्ता मिरा आचार्यले चाहिँ सगरमाथामा कुनै आरोहीलाई कोभिड भएको जानकारी आफूले अझै नपाइसकेको बताएकी छन्।

सम्बन्धित समाचार :
डोटीमा कोभिडका कारण दुई दाजुभाइको मृत्युपछि पूरै गाउँमा सन्त्रास, कन्ट्याक्ट् ट्रेसिङ्ग गर्नै जाँदैनन् स्वास्थ्यकर्मी
 

कमेन्ट लोड गर्नुस