सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रबार गौरीफन्टा नाकाबाट ५० कोरोना संक्रमित भित्रिए

२०७८ वैशाख १०, ०६:०७ खबर संवाददाता

धनगढीः शुक्रबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर शुक्रबार ५ सय जना भित्रिएका छन्।

तीमध्ये ४ सय ७ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ५० जनामा संक्रमण पुस्टि भएको उनले बताए।

उक्त नाकाबाट भित्रिएकामध्ये १० हजार ८ सय २५ जनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये १ हजार ६२ जनामा संक्रमण पुस्टि भएको छ।

नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।
 

कमेन्ट लोड गर्नुस