सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

२०७८ वैशाख १०, ०२:५८ खबर संवाददाता

धनगढीः कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले अवरुद्ध पारेको लम्कीचुहा नगरपालिका अन्तरगतको पूर्व–पश्चिम राजमार्ग खुलेको छ। 

मृतकका आफन्तले क्षतिपूर्ति तथा दोषीलाई कार्बाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीको बौलियामा टायर बालेर सडक अवरुद्ध पारेका थिए। पीडितका माग बस व्यवसायी समितिले सम्बोधन गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

बिहीबार गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो। कैलाली प्रहरीले ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ। 

कमेन्ट लोड गर्नुस