सुदूर नेपाललाई विश्वसँग जोड्दै

भद्रपुरमा घरेलु मदिरा नष्ट

२०७५ असोज २३, ०२:१६

भद्रपुरको मेचीनगर–१० स्थित धुलाबारीमा मंगलबार बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ। जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो। घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्न सरकारले रोक लगाए पनि अवैधरुपमा यसको बिक्री वितरण भइरहेकाले प्रहरीले कडा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक खगेन्द्र रिजालले बताए। 
 
 

कमेन्ट लोड गर्नुस