सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ वैशाख १०, ११:४३ खबर संवाददाता

धनगढीः जन्मदिनको अवसरमा धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। 

धनगढी होलसेल व्यवसायी संघका अध्यक्ष तथा कैलाली उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तिलक चन्द खतिवडाले आफ्नो छोरा आयुषको जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन्।  

उनले आश्रमलाई भोजन सेवा वापत ६५ सय नगद सहयोग गर्नुका साथै मास्क पनि प्रदान गरेका आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए।
 

कमेन्ट लोड गर्नुस