सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आइसोलेसन लग्दैगर्दा एम्बुलेन्सबाटै भागे ७ कोरोना संक्रमित

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १०, ०८:४३ खबर संवाददाता

धनगढी: धनगढीमा आइसोलेसन लग्ने क्रममा ७ जना  कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। 

बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट कोरोना संक्रमिण पुस्टि भएको थियो।

त्यसपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए।

ती संक्रमित भारतीय नागरिकहरु बेलीको जंगलतर्फ भागेकोे बताइएको छ।

कमेन्ट लोड गर्नुस