सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १०, ०८:३३ खबर संवाददाता

कोरोना अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ।

भारतको मुम्बई विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो।

आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो। अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्। आगलागीको कारण खुलेको छैन।

यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
 

कमेन्ट लोड गर्नुस