सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुखको हाँगाले लागेर बालकको मृत्यु

२०७८ वैशाख ९, ०९:३२ रासस

सीतापुरी: कमल गाउँपालिका– ५ सीतापुरीका आठ वर्षीय योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । 

आज दिउँसो ११ बजे बुवासँग सोही स्थानमा रहेको माई वृक्षरोपक्षको नर्सरीमा दाउरा टिप्न गएका अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा उनी घाइते भएका थिए।

घाइते बालकलाई उपचारका लागि दमक अस्पताल दमकमा पुर्‍याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

कमेन्ट लोड गर्नुस