सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक होटलबाट १ किलो चरेससहित युवक पक्राउ

२०७८ वैशाख ९, ०६:१८ खबर संवाददाता

धनगढी:  धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। 

धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित प्रगती होटलबाट १ किलो लागुऔषध चरेससहित बाजुराको बुढीनन्दा नगरपालिका–९ का चक्रबहादुर रोकायालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ। 

बिहीबार विशेष सूचाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले छापा मार्दा होटल सञ्चालक रहेका रोकायालाई पक्राउ गरेको हो।

पक्राउ परेका रोकायालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस