सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहीबार गौरीफन्टा नाकाबाट ६२ कोरोना संक्रमित भित्रिए

२०७८ वैशाख ९, ०६:०० खबर संवाददाता

धनगढी: बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर बिहीबार ७ सय जना भित्रिएका छन्। तीमध्ये ४ सय १८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुस्टि भएको उनले बताए। 

हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये १० हजार ४ सय १८ जनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये १ हजार १२ जनामा संक्रमण पुस्टि भएको छ।

नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।

कमेन्ट लोड गर्नुस