सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट १० लाखको चिया क्षति

२०७८ वैशाख ९, ०५:३६ रासस

इलाम: सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ। 

कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो।

आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ।

आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस