सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जना घाइते

२०७८ वैशाख ९, ०५:१३ खबर संवाददाता

धनगढी: कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–१२ का २७ वर्षीय लालीतजंग रावत घाइते भएका हुन। 

दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म८प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। ठक्करबाट घाइते भएका मोटरसाइकल चालक रावतको धागढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ। उनको अवस्था मध्यम रहेको छ। 

ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक कार्यालयले बताएको छ। 


 

कमेन्ट लोड गर्नुस