सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरभित्र महिलाको शव फेला

२०७८ वैशाख ९, ०४:४५ खबर संवाददाता

काठमाडौं: बारामा घरभित्र महिलाको शव फेला परेको छ। 

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको शव उनकै घरमा फेला परेको हो। 

प्रहरीका अनुसार उनको शव घरको दोस्रो तलाको बरण्डामा भेटिएको थियो भने घटनापछि महिलाका श्रीमान फरार छन्। 

निधार र टाउकोमा चोट देखिएको र शव नजिकै इँटा पनि भेटिएको प्रहरीले बताएको छ। श्रीमान्ले नै हत्त्या गरेको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस