सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

२०७५ असोज २३, ०१:३५

कैलालीमा ट्याक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएक छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर पल्टिदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। से १ त ३९६९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बर्दगोरिया गाउँपालिका–१ का ३० बर्षिय सुरज कठरिया र सोही ठाउँका ४० बर्षिय डागु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। भीम कठरिया घाइते भएको प्रदेश ट्राफीक प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस