सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट भूतपूर्व प्रहरी हवल्दारको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख ९, ०४:३० खबर संवाददाता

काठमाडौं: कोरोना भाइरसका कारण सल्यानमा एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका २ गैरागाउँका ८२ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ। उनी नेपाल प्रहरीका भूतपूर्व प्रहरी हवल्दार रहेको बताइएको छ। 

मृतक खत्रीको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। एक हप्तादेखि बिरामी भएका उनको आज बिहीबार घरमै मृत्यु भएको स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताए। 

मृतकको शव नेपाली सेना, नेपाल प्रहरी र आफन्तको सहयोगमा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

कमेन्ट लोड गर्नुस