सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैंडा

२०७८ वैशाख ९, ०३:५० खबर संवाददाता

कञ्चनपुर: पछिल्लो ६ वर्षको अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या वृद्धि भएको पाइएको छ।

राष्ट्रिय गणना कार्यक्रमअन्तर्गत चैत १९ देखि २५ गतेसम्म गरिएको गणनाअनुसार निकुञ्जमा गैंडाको संख्या ३ भाले, ४ पोथी, ६ पहिचान खुल्न नसकेको र ४ केटो गरी १७ पुगेका छ। 

सन् २०१५ मा गरिएको राष्ट्रिय गणनामा यहाँ गैंडाको संख्या ८ थियो । सन् २०१७ मा चितवन राष्ट्रिय निकुञ्जबाट ५ गैंडा स्थानान्तरण गरिएको थियो।

गत वर्ष गरिएको अनुगमनमा निकुञ्जमा गैंडाको संख्या १७ नै रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले बताए। 
 

कमेन्ट लोड गर्नुस